

मेस्सी र सुआरेजले रोनाल्डोसंगको कीर्तिमान बराबरी गरे


एजेन्सी ।
लियोनल मेस्सी र लुइस सुआरेजले ब्राजिली लिजेण्ड रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन् । दक्षिण अमेरिकी देशबाट विश्वकपका छनोटमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान मेस्सी र सुआरेजले बराबरी गरेका हुन् । दक्षिण अमेरिकी तीनै जना खेलाडीले राष्ट्रिय टिमबाट छनोट प्रतियोगितामा ३९ गोल पुरा गरेका छन् ।

पछिल्लो खेलमा चीलिविरुद्ध प्राप्त जितमा सुआरेजले पहिलो हाफमा पेनाल्टीमा गोल गरेका थिए । बार्सिलोनाका कप्तान मेस्सीले इक्वेडरविरुद्ध प्राप्त १–० को संघर्षपूर्ण जितमा पनि पेनाल्टीमै गोल गरेका थिए ।
समग्रमा मेस्सीले रोनाल्डो र सुआरेज भन्दा अन्तराष्ट्रिय फुटबलमा धेरै गोल गरेका छन् । अर्जेन्टिनी कप्तानले सिनियर टिमबाट अन्तराष्ट्रिय फुटबलमा ७१ गोल गरेका छन् ।
बिहिबार राति मेस्सीले इक्वेडरको कडा चुनौतीको सामना गर्नुपर्यो । उनले इक्वेडरको पेनाल्टी बक्समा मात्र एक पटक बल छुने अवसर पाएका थिए ।
त्यही पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै उनले १३ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ३३ वर्षिया मेस्सीले दुई सुन्दर अवसर सिर्जना गरेका थिए ।
सुआरेजले समेत विवादास्पद खेलमा पेनाल्टीमा गोल गरे । बार्सिलोनाका पूर्व फरवार्ड सुआरेज अहिले अर्को ला लिगा क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया