

राजस्थानमाथि सहज जित निकाल्दै दिल्ली



आइपिएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ। दिल्लीले शुक्रबार भएको खेलमा राजस्थान रोयल्समाथि ४६ रनको सहज जित निकाल्दै फेरि शीर्ष स्थानमा फर्किएको हो।
शीर्ष स्थानको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ। समान खेलबाट ८ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा झरेको छ। राजस्थान भने ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।

शुक्रबार शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो। उसका लागि शिमरन हेटमेयरले ४५ रन जोडे। उनले २४ बलमा १ चौका र ५ छक्का प्रहार गरे।
मार्कोस स्टोइनिसले ३९ रन जोडे भने कप्तान श्रेयस इयरले रनआउट हुनुअघि २२ रनको योगदान दिए। ओपनर पृथ्वी शाले १९ रन बटुल्दा हर्षल पटेलले १६ रन र अक्षर पटेलले १७ रन जोडे।
१८५ रनको लक्ष्य पछ्याएको राजस्थानले कमजोर ब्याटिङ गर्यो। राजस्थान २ बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो।
राजस्थानका लागि राहुल टेवाटियाले ३८ रन जोडे। कप्तान स्टिम स्मिथले २४ रन तथा ओपनर यशस्वी जैशवालले ३४ रनको योगदान दिए।
बलिङमा दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए। रविचन्द्रन आस्विन र मार्कोस स्टोइनिसले २-२ विकेट हात पारे। ४ ओभरमा २२ रन खर्चिएका आस्विन प्लेयर अफ दि म्याच भए। आइपिएलमा शनिबार दुई खेल हुँदैछ। दिउँसो पौने चार बजे सुरु हुने खेलमा किंग्स ११ पञ्जाव र कोलकता नाइटराइडर्स भिड्नेछन्। यस्तै राति पौने आठ बजे चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया