

राजस्थानमाथि सहज जित निकाल्दै दिल्ली


आइपिएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ। दिल्लीले शुक्रबार भएको खेलमा राजस्थान रोयल्समाथि ४६ रनको सहज जित निकाल्दै फेरि शीर्ष स्थानमा फर्किएको हो।
शीर्ष स्थानको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ। समान खेलबाट ८ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा झरेको छ। राजस्थान भने ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।

शुक्रबार शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो। उसका लागि शिमरन हेटमेयरले ४५ रन जोडे। उनले २४ बलमा १ चौका र ५ छक्का प्रहार गरे।
मार्कोस स्टोइनिसले ३९ रन जोडे भने कप्तान श्रेयस इयरले रनआउट हुनुअघि २२ रनको योगदान दिए। ओपनर पृथ्वी शाले १९ रन बटुल्दा हर्षल पटेलले १६ रन र अक्षर पटेलले १७ रन जोडे।
१८५ रनको लक्ष्य पछ्याएको राजस्थानले कमजोर ब्याटिङ गर्यो। राजस्थान २ बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो।
राजस्थानका लागि राहुल टेवाटियाले ३८ रन जोडे। कप्तान स्टिम स्मिथले २४ रन तथा ओपनर यशस्वी जैशवालले ३४ रनको योगदान दिए।
बलिङमा दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए। रविचन्द्रन आस्विन र मार्कोस स्टोइनिसले २-२ विकेट हात पारे। ४ ओभरमा २२ रन खर्चिएका आस्विन प्लेयर अफ दि म्याच भए। आइपिएलमा शनिबार दुई खेल हुँदैछ। दिउँसो पौने चार बजे सुरु हुने खेलमा किंग्स ११ पञ्जाव र कोलकता नाइटराइडर्स भिड्नेछन्। यस्तै राति पौने आठ बजे चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया