


पुरानै लुगा लगाएर, घरमै बनाएका खाना खाएर, घरकै परिवार मात्र बसेर दशैँ मनाऔं : स्वास्थ्य मन्त्रालय



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो बर्षको दशैँमा भीडभाड कम गराउने उदेश्यले किनमेल नगर्न सुझाव दिएको छ । कोरोना महामारीको जोखिम बढ्ने भएकाले यस बर्षको दशैँमा बजार तथा मार्केटमा गएर नयाँ लुगा किन्ने तथा सपिङ् नगर्न सुझाव दिएको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दशैँ नजिकीदै गर्दा झनझन तीव्र रुपमा कोरोना महामारी फैलिदै गएकाले घरमा भएकै पुराना लुगा लगाएर, घरमै बनाएका खाना खान र घरपरीवार मामत्रै बसेर दशैँ मनाउन आग्रह आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो- ‘यसपाली दशैँ संयमित भई, भिडभाडमा सपिंङ नगरी आफैसँग भएका पुराना लुगा लगाएर पुजा आज गरि, घरमानै बनाएको खाना खाएर घरकै परिवारमा मात्र बसेर मनाऔं, आफू र आफ्नो परिवारलाई संक्रमित हुन बाट बचाऔँ।’
पछिल्लो समय कोरोना भाइरस संक्रमण दर काठमाडौं उपत्यकासहित मुलुकभर तीव्र रुपमा बढ्दै छ । यसअघि सरकारले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने बताउदै आएको थियो । तर कोरोना सक्रिय संक्रमितको संख्या केही दिन अघि नै २५ हजार नाघिसकेको छ । यद्यपि सरकारले संक्रमितको उपचारमा अस्पतालले ठेग्न नसकेको स्थितीमा मात्रै लकडाउन गर्ने उद्घोष गरेको छ ।
मुलुकमा थप २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया