


कानुनमन्त्रीलाई केसीलाई कोरोना संक्रमण



ई–साझाकुरा, असोज २३
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट द्रुत स्वाब परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले बताए ।

२ दिनअघि देखि रुघा लागेपछि मन्त्री केसीले बिहान पीसीआर परीक्षण गरेका थिए । बिहान ११ बजे आएको नतिजामा उनलाई कोरोना पुष्टि भएको हो । उनी अहिले मन्त्रालयकै निवासमा आइसोलेसनमा छन् । उनमा रुघाबाहेक कुनै समस्या नरहेको मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया