

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिईने घोषणा



असोज २२, काठमाण्डौ ।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइने घोषणा भएको छ ।
द स्विडिस एकेडेमीले कवयित्री लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । उहाँलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार दिन लागिएको हो ।
सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिनुभएकी लुइस ग्लुकले यस पुलित्जर पुरस्कार र नेशनल ह्युम्यानिटिज अवार्ड लगायत प्रतिष्ठित पुरस्कार जितिसक्नुभएको छ । लुइसका कवितामा संवेदनशीलता र एक्लोपन, पारिवारिक सम्बन्ध र विच्छेद तथा मृत्युमाथि गहिरो अभिव्यक्ति पाइने गरेको छ ।
कवयित्री लुइसले सन् १९६८ मा ‘फर्स्टबोर्न’ बाट आफ्नो यात्रा सुरु गर्नुभयो र छोटो समयमा नै अमेरिकी समकालीन साहित्यमा प्रमुख कविहरुमा सामेल हुनु भयो । उहाँका १२ कविताहरुको सङ्ग्रह र केही निबन्ध प्रकाशित भएका छन् ।
लुइस ग्लकको सबैभन्दा प्रशंसा गरिएको सङ्ग्रहमध्ये एक ‘द वाइल्ड आइरिस’ हो, जुन सन् १९९२ मा प्रकाशित भएको थियो ।
सन् २०१९ मा साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियायी मुल लेखक पिटर ह्यान्ड्केलाई दिइएको थियो । उहाँलाई यो पुरस्कार उनको सानदार लेखन र भाषामा नवीनतम प्रयोगको लागि दिइएको थियो ।
यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्र नोबेल पुरस्कार विजेताको घोषणा भइसकेको छ । अब शान्तिशास्त्र र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुन बाँकी छ ।


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया