

हटाइए शीतगंगा, गढवा र राप्ती गाउँपालिकाका नाम लुम्बिनी प्रदेश राजधानीबाट



ई-साझाकुरा, असोज २१
बुटवल-लुम्बिनी प्रदेशको राजधानी पारित हुँदा सदनमा सभामुख पूर्णबहादुर घर्तीले सुनाएको विवरण थियो-‘दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी कायम गरियोस् भन्ने पक्षमा दुई तिहाई मत परेकाले यो सभाबाट सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’

तर राजपत्रमा प्रकाशित हुँदा यो लामो विवरण भने हटाएर राप्ती उपत्यका (देउखुरी) मात्रै स्थायी राजधानी भनेर उल्लेख भएको छ। सदनमा राजधानीबारे प्रस्ताव पेश गर्दादेखि नै दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको मैदानी भाग भनिएको थियो।
मतदान गराउँदा पनि सोही विवरण पढेर सुनाउँदै सभामुखले मतदान प्रक्रिया शुरु गराएका थिए। मतदानबाट दुईतिहाई मत प्राप्त गरेपछि पनि सोही विवरण नै उनले सुनाएका थिए।
तर बुधबार सार्वजनिक भएको प्रदेश राजपत्रमा भने यी गाउँपालिका र नगरपालिकाका नाम छैनन्। यसमा अर्घाखाँचीबासीले सामाजिक सञ्जालमा लेख्दै अर्घाखाँचीमाथि धोका भएको बताएका छन् भने गढवा र राप्ती गाउँपालिकाका बासिन्दाले राजधानी लमही लैजाने प्रयास गरेको बताएका छन्।
भालुबाङमै स्वागत तथा खुशीयाली साटासाटको कार्यक्रम आयोजना गरिएपनि प्रदेश सरकारले प्रकाशित गरेको राजपत्रमा सो विवरण हटाएर देउखुरी मात्रै उल्लेख भएकोमा प्रदेश सभा र प्रदेश सरकारको चलाखी सार्वजनिक भएकोमा सामाजिक सञ्जालमा असन्तुष्टि पोखिएको छ।
स्रोतका अनुसार प्रदेश राजधानी तोकिएको स्थान प्रतिबन्धित क्षेत्र भएका कारण सरकार र प्रदेश सभाले चलाखीपूर्वक यसरी ती स्थानको नाम हटाएर देउखुरी राख्ने निर्णय भएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया