जसपा द्वारा पहिचानको अधारमा प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता

असोज २०, कपिलवस्तु
जसपा प्रदेश नं ५ का प्रदेश सांसद हरू द्वारा सभामुख समक्ष प्रदेश प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता गराएको छ।
जसपा द्वारा प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न उक्त संशोधन प्रस्ताव दर्ता गराएको छ । प्रदेश सभाको जनता समाजवादी पार्टीको संसदीय दल प्रदेश न ५ को नेता माननीय सहसराम यादव ले प्रस्ताव दर्ता गराएका छन्। प्रदेश सांसद विजय यादव ,माननीय सुमन रायमाझी ,माननीय पुर्ण मती ढेंगा मगर , सन्तोष पांडेय लगायत माननीय हरु को उपस्थित रहेको थियो ।
जस्को जानकारी तत्कालीन समाजवादी पार्टी प्रदेश ५ प्रवक्ता अकरम पठानले दिनुभयो ।

प्रतिक्रिया

खबर सबै