कविता

 पिडित कर्मचारी

तिमि जस्तै नागरिकलाई सहज होस भनेर
कार्यालय हिडेको मलाई
तिमिले
आफ्नै घर छेउमा राजधानी चाहिने बहानामा
मेरो साधन माथी तोडफोड गर्‍यौ
भोलि
तिमि फाइल बोकेर कार्यालय आउँदा
म पनि
जसो तसो पुगेर
तिम्रो काम त म गरिदिउला
तर
आज
आज मेरो ज्यानको रक्षा
कसले गरिदिन्छ ?

 

लेखक युवा गजलकार पुष्कर भुसाल ( श्रीआठ पुष्कर भुसाल )

प्रतिक्रिया