

प्रदेश ५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग राख्दै युवाहरुले निकाले राँके जुलुस



ई–साझाकुरा, असोज १९
प्रदेश ५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग राख्दै युवाहरुले राँके जुलुस तथा प्रदर्शन गरेका छन् । बुटवलमा आन्दोलन र दाङमा दीप प्रज्वलन भइरहदा बिचको जिल्ला कपिलवस्तुमा भने राजधानीको माग गर्दै प्रदर्शन भएको छ । आईतबार साँझ बाणगंगा नगरपालिका-८ बोडगाउँमा भएको राँके जुलुसमा करिब २ सय युवाहरु सहभागी भएका थिए ।

राके जुलुस वाणगंगा- ८ बोडगाउँबाट शुरु भएर चप्पर गाउँसम्म पुगेको सहभगी युवा विवेक पौडेलले खरीबोटलाई जानकारी गराए । कार्यक्रममा बोल्दै युवा नेता टीआर पाण्डेले प्राचीन कालमा सुद्दोधन राजा हुँदा पनि लुम्बिनीको राजधानी कपिलवस्तु भएको र आहिले पनि कपिलवस्तु बुद्धको अस्तित्त्व जोगाउन भएपनि राजधानी हुनुपर्ने विचार राखे ।
कार्यक्रममा बोल्दै वाणगंगा क्याम्पसका स्ववियु सभापति, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, काँग्रेस नेता ढोलक राम घिमिरेलगायतले कपिलवस्तुका जनप्रतिनिधिको आलोचना गर्दै जिल्ला प्रति उत्तरदायी नभएको आरोप लगाएका थिए । दाङ र बुटवलको लड़ाईको अन्त्य नै कपिलवस्तुलाई राजधानी बनाउनु हो माग माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी युवा अभियन्ता विशाल अधिकारी ले दिए र साथ साथै अधिकारी ले आयोजक का तर्फ बाट सम्पूर्ण सहयोगी हरु लाई धन्यवाद प्रकट गरे ।



खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया