

प्रदेश ५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग राख्दै युवाहरुले निकाले राँके जुलुस


ई–साझाकुरा, असोज १९
प्रदेश ५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग राख्दै युवाहरुले राँके जुलुस तथा प्रदर्शन गरेका छन् । बुटवलमा आन्दोलन र दाङमा दीप प्रज्वलन भइरहदा बिचको जिल्ला कपिलवस्तुमा भने राजधानीको माग गर्दै प्रदर्शन भएको छ । आईतबार साँझ बाणगंगा नगरपालिका-८ बोडगाउँमा भएको राँके जुलुसमा करिब २ सय युवाहरु सहभागी भएका थिए ।

राके जुलुस वाणगंगा- ८ बोडगाउँबाट शुरु भएर चप्पर गाउँसम्म पुगेको सहभगी युवा विवेक पौडेलले खरीबोटलाई जानकारी गराए । कार्यक्रममा बोल्दै युवा नेता टीआर पाण्डेले प्राचीन कालमा सुद्दोधन राजा हुँदा पनि लुम्बिनीको राजधानी कपिलवस्तु भएको र आहिले पनि कपिलवस्तु बुद्धको अस्तित्त्व जोगाउन भएपनि राजधानी हुनुपर्ने विचार राखे ।
कार्यक्रममा बोल्दै वाणगंगा क्याम्पसका स्ववियु सभापति, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, काँग्रेस नेता ढोलक राम घिमिरेलगायतले कपिलवस्तुका जनप्रतिनिधिको आलोचना गर्दै जिल्ला प्रति उत्तरदायी नभएको आरोप लगाएका थिए । दाङ र बुटवलको लड़ाईको अन्त्य नै कपिलवस्तुलाई राजधानी बनाउनु हो माग माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी युवा अभियन्ता विशाल अधिकारी ले दिए र साथ साथै अधिकारी ले आयोजक का तर्फ बाट सम्पूर्ण सहयोगी हरु लाई धन्यवाद प्रकट गरे ।



खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया