

कडा सुरक्षाका साथ प्रदेश ५ नेकपाको संसदीय दलको बैठक सुरु



ई-साझाकुरा, असोज १९
प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान ७ बजेका लागि बोलाइएको प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सुरू भएको छ । बैठक ११ बजेपछि सुरू भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेल ढिला आएकाले बैठक ढिला गरी सुरू भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
कडा सुरक्षाको बीच बैठक सुरु भएको छ । बैठकस्थल बाहिर व्यापक मात्रामा प्रहरी परिचालित गरिएको छ ।
मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक समेत डाकिएको छ ।
केही बेरअघि प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा समेत दिएका छन् । सांसद श्रेष्ठ संसदीय दलको बैठकमा अनुपस्थित छन् ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया