

गुल्मीमा ट्याक्टर दुर्घटना एकजनाको मृत्यु



असोज १९, गुल्मी
गुल्मीरबार गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। सोमबार बिहान करिब ६ बजे गुल्मीदरबार–१ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा सोही ठाउँका १५ वर्षीय धनबहादुर माझीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। यस्तै‚ ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० वर्षीय रेशम ताम्राकार र गुल्मीदरबार–१ का १५ वर्षीय लालबहादुर बुढा मगर घाइते भएका छन्। ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र उपचारका लागि मजुवा पठाइएको पन्थले जानकारी दिए।
घाइतेहरुको अवस्था भने सामान्य रहेको छ। प्रहरी नायब उपरीक्षक पन्थका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया