

गुल्मीमा ट्याक्टर दुर्घटना एकजनाको मृत्यु

असोज १९, गुल्मी
गुल्मीरबार गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। सोमबार बिहान करिब ६ बजे गुल्मीदरबार–१ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा सोही ठाउँका १५ वर्षीय धनबहादुर माझीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। यस्तै‚ ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० वर्षीय रेशम ताम्राकार र गुल्मीदरबार–१ का १५ वर्षीय लालबहादुर बुढा मगर घाइते भएका छन्। ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र उपचारका लागि मजुवा पठाइएको पन्थले जानकारी दिए।
घाइतेहरुको अवस्था भने सामान्य रहेको छ। प्रहरी नायब उपरीक्षक पन्थका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको छ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया