

पिँडालु खादा यस्ता छन फाईदा, हेर्नुहोस्


काठमाडौं ।
सामान्यतया तरकारीलाई हामीले स्वाद अनुसार रोज्ने गर्छौं । तर तरकारी रोज्दा पौष्टिकताको आधारमा पनि रोज्नु आवश्यक हुन्छ । स्वादको दृष्टिकोणले हेर्दा धेरैलाई पिडालु मन पर्दैन । तर यसमा भने धेरै पौष्टिकता लुकेको हुन्छ । पिडालुमा आलुमा भन्दा पनि धेरै मात्रामा प्रोटिन र काइब्रोहाइड्रेट पाइन्छ।
पिडालुको तरकारी खाने गर्नाले रगतलाई यसले सफा बनाइदिन्छ । यसले रक्तसंचारमा पनि सन्तुलन ल्याउने हुनाले रगत सम्बन्धि बिमार, उक्त रकताचाप कम हुँदै जान्छ । यसको तरकारी खाने गर्नाले मधुमेह पनि कम हुँदै जान्छ । पिडालुको पात पनि स्वाथ्यको लागि फाइदाजनक हुन्छ। पिडालु र पिडालुको पात खाने गर्नाले छाला झोल्लिने, खुम्चिने समस्या कम हुँदै जान्छ र अनुहारमा चमक आउँछ । पिडालु खानाले सुत्केरी महिलाको स्तनमा दुध भरिन्छ । पिडालुको पातको रस चार दिनसम्म खानाले पिसाब पोल्ने समस्या कम हुन्छ । उक्त रस रगत बगिरहेको घाउमा लगाउनाले रगत बग्न रोकिन्छ।
पिडालु खानाले लामो समय सम्म सताइरहेको खोकीबाट पनि छुटकारा पाउन सकिन्छ । पिडालुको सेवनले स्फूर्ती बढ्ने र तनाव कम हुने समेत हुन्छ। पिडालुमा धेरै गुण भएतापनि यो सबैको लागि भने उपयोगी नहुन सक्छ । पिडालुबाट एक किसिमको एलर्जी पनि हुन सक्छ। त्यसैले पिडालु खानासाथ केही त्यस्तो असर देखिन्छ भने चिकित्सकलाई देखाउनु पर्छ र यदि पिडालुकै कारण त्यो असर देखिएको भए पिडालु खान छोड्नुपर्छ। भित्री घाँटीमा केही खाँदा चिलाउने समस्या छ भने पिडालु खाँदा त्यस्ता व्यक्तिलाई असर हुन्छ । त्यस्तै वाक वाक लाग्ने समस्या भएका व्यक्तिहरुलाई पनि पिडालुले असर गर्छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया