

वाणगंगाको कोठी नदीमा भेटियो गोही



असोज १८ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ स्थित कोठी नदीमा गोही फेला परेको छ । वडा अध्यक्ष विष्णु पौडेलका अनुसार वडा नम्बर २ को गोबडिया गाउँ देखि करिब २ किलो मिटरको दुरीमा रहेको कोठी नदीको एक रह मा सो गोही फेला परेको हो । स्थानियले नदीमा नुहाउन गएका बेला नदी किनारमा बसको अवस्थामा सो गोही देखेका थिए । त्यस पश्चात सो स्थानमा पुग्नुभएका वडा अध्यक्ष तथा नगर प्रवक्ता पौडेलले पनि आफैले सो गोही देखेको ई साझा सँग बताउनुभयो ।
यस विषयमा प्रहरीलाई आफुले जानकारी गराउने र डिभिजन वन कार्यालयलाई पनि जानकारी गराई अवस्यक व्यवस्थापन गरीने उहाँले जानकारी दिनुभएको छ ।
यसैबिच कोठी नदीमा फेला परेको गोहीका कारण सो नदी क्षेत्रमा नजान नगरपालिकाले अनुरोध गरेको छ । वाणगंगान नगरपालिकाको फेसबुक पेज मार्फत एक सूचना जारी गर्दै कोठी नदीमा नागरिकहरुलाई नजान भनिएको हो ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया