

प्रहरी निरीक्षक पौडेल लाई स्वागत



अजय मिश्र, कृष्णनगर , असोज १८
कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान सहित स्वागत गरेको छ ।
प्रहरी निरिक्षक पौडेललाई कृष्णनगरमा स्वागत गर्दै शान्ति सुरक्षासंगै हरेक क्षेत्रमा योगदान गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सल्लाहकार लक्षमण भुषालले आग्रह गर्नुभयो । प्रहरी निरीक्षक पौडेलले आफू यस क्षेत्रमा नियम कानुनको परिधिमा रहि काम गर्ने र आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि, पत्रकार, व्यवसायी लगायत अन्यसंग सहकार्य गरि समाजमा शान्ति, सुरक्षा प्रदान गरि आफ्नो संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा लिंक गेटका प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तु वि.ओ. पी.का प्रतिनिधि सशस्त्र प्रहरी नायब निरिक्षक ठाकुर बहादुर केसी लाई समेत उक्त कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान गरेको थियो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर अध्यक्ष शिव घिमिरे ले प्रहरी निरिक्षक पौडेलको स्वागत गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी लकडाउनले गर्दा समस्यामा परेका र दशै तिहारमा चोरीको घटना भई रहने हुदाँ प्रहरी निरिक्षक पौडेलको ध्यानाकर्षण गराउदै सफल कार्यकाल को शुभकामना दिनुभयो।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया