

जनप्रिय र सरेपानीले गरे विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्त्रण



असोज १८ कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित राम आधारभूत विद्यालयका लागि दुई संस्थाले स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित जनप्रिय फार्मेसी र सरेपानी सामुदायिक वनले सो विद्यालयका लागि स्वास्थ्य सामग्री प्रदान गरेका हुन । महेश रानाभाटले सञ्चालन गरेको जनप्रियले यस अघि पनि विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको थियो ।
हाल पडरिया स्थित सरेपानी सामुदायिक वनले पनि विद्यालयका लागि अटोमेटिक स्यानिटाईजर मेसिन प्रदान गरेको छ भने जनप्रिय फार्मेसीका संचालक रानाभाटले तीन सय थान मास्क, सेनिटाईजर, प्राथामिक उपचार बाकस प्रदान गरेको छ ।
विद्यालय प्राङ्गणमा आयोजना गरिएको सामग्री हस्ताथन्त्रण कार्यक्रममा सरेपानी सामुदायिक वनका अध्यक्ष गिरबहादुर गुरुङ, वनका उपाध्यक्ष विन्द्रबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी अर्याल, संचारकर्मी प्रेम पाण्डे, विद्यालयका प्रधानाध्यापक ओमलाल गिरी, लगाएत विद्यालयका शिक्षक , व्यवस्थापन समितिका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।



खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया