

राजधानी माग गर्दे कपिलवस्तुमा रिले अनसन सुरु


ई-साझाकुरा, असोज १७
प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउसो देखि रिले अनसन सुरु गरिएको छ । कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा राजधानी राख्ने प्रस्तावको बिरोध गर्दै अनसन सुरु गरेका हुन ।

शनिवार कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलको अगुवाईमा ५ जनाले अनसन सुरु गरेका हुन । समाजसवीे तथा अगुवा रउफ अहमद खा, अशोक गुपता संतोाष कसौधन र बृजेश भटरा अनसनमा बसेका छन । २६ सय बर्ष अघि नै बुद्धको क्रिडास्थलकारुपमा रहेको तिलौराकोट नै १२ जिल्लाकालागि प्रदेशको राजधानी उपयुक्त हुने उनीहरुको बताउछन ।
बुटवल र दाङमा राजधानी राख्ने लामो सयमको बिवाद पछि प्रदेश सरकारले शुक्रवार दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव गरेको छ । अनसनकारी सुदीप पौडेलले दाङ र बुटवल भन्दा कपिलवस्तु नै हरेक हिसाबले प्रदेशको राजधानी उपयुक्त हुने बताए ।
‘ प्रदेश सरकारले प्रस्ताव लगे पछि अझै बुटवल र दाङका बिच राजधानीका बिषयमा तीब्र बिवाद छ, यस्तोमा उपयुक्त स्थल कपिलवस्तु नै हो ’ । अर्का अगुवा रउफ अहमद खाले २६ सय भन्दा बढी अघिको ईतिहास बोकको प्राचिन शहर कपिलवस्तुलाइृ नै राजधानी बनाउनु पर्ने बताए । एक पटकमा चार घन्टा रिले अनसन बस्ने जनाइएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया