

राजधानी माग गर्दे कपिलवस्तुमा रिले अनसन सुरु



ई-साझाकुरा, असोज १७
प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउसो देखि रिले अनसन सुरु गरिएको छ । कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा राजधानी राख्ने प्रस्तावको बिरोध गर्दै अनसन सुरु गरेका हुन ।

शनिवार कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलको अगुवाईमा ५ जनाले अनसन सुरु गरेका हुन । समाजसवीे तथा अगुवा रउफ अहमद खा, अशोक गुपता संतोाष कसौधन र बृजेश भटरा अनसनमा बसेका छन । २६ सय बर्ष अघि नै बुद्धको क्रिडास्थलकारुपमा रहेको तिलौराकोट नै १२ जिल्लाकालागि प्रदेशको राजधानी उपयुक्त हुने उनीहरुको बताउछन ।
बुटवल र दाङमा राजधानी राख्ने लामो सयमको बिवाद पछि प्रदेश सरकारले शुक्रवार दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव गरेको छ । अनसनकारी सुदीप पौडेलले दाङ र बुटवल भन्दा कपिलवस्तु नै हरेक हिसाबले प्रदेशको राजधानी उपयुक्त हुने बताए ।
‘ प्रदेश सरकारले प्रस्ताव लगे पछि अझै बुटवल र दाङका बिच राजधानीका बिषयमा तीब्र बिवाद छ, यस्तोमा उपयुक्त स्थल कपिलवस्तु नै हो ’ । अर्का अगुवा रउफ अहमद खाले २६ सय भन्दा बढी अघिको ईतिहास बोकको प्राचिन शहर कपिलवस्तुलाइृ नै राजधानी बनाउनु पर्ने बताए । एक पटकमा चार घन्टा रिले अनसन बस्ने जनाइएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया