

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा चार लाख अबैध भारतीय रकम सहित मानिस पक्राउ



अजय मिश्र, कृष्णनगर, असोज १७
शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित मानिस पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले शुक्रवार साझ करिब ६ बजेको समयमा सो रकम सहित मानिस नियन्त्रणमा लिएको हो ।
उक्त टोलीले भारत बाट नेपाल आउदै गरेका कृष्णनगर नगरपालिका वडा नं २ बस्ने अन्दाजी ५४ बर्षका पप्पु गुप्ता लाई बिशेष सूचनाको आधारमा चेक जांच गर्दा निजले लुकाई ल्याउदै गरेको चार लाख भारतीय अबैध रकम बरामद भएको छ। सो रकम ५०० को ४०० थान र २००० को १०० थान गरि भारतीय ४,००,००० ( चार लाख ) रहेको जस्को नेपाली रकम ६,४०,०००(र छ लाख चालिस हजार हुन आउछ।
आवश्यक कार्यवाहीको लागी राजस्व अनुसंधान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की ले जानकारी दिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया