

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा चार लाख अबैध भारतीय रकम सहित मानिस पक्राउ



अजय मिश्र, कृष्णनगर, असोज १७
शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित मानिस पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले शुक्रवार साझ करिब ६ बजेको समयमा सो रकम सहित मानिस नियन्त्रणमा लिएको हो ।
उक्त टोलीले भारत बाट नेपाल आउदै गरेका कृष्णनगर नगरपालिका वडा नं २ बस्ने अन्दाजी ५४ बर्षका पप्पु गुप्ता लाई बिशेष सूचनाको आधारमा चेक जांच गर्दा निजले लुकाई ल्याउदै गरेको चार लाख भारतीय अबैध रकम बरामद भएको छ। सो रकम ५०० को ४०० थान र २००० को १०० थान गरि भारतीय ४,००,००० ( चार लाख ) रहेको जस्को नेपाली रकम ६,४०,०००(र छ लाख चालिस हजार हुन आउछ।
आवश्यक कार्यवाहीको लागी राजस्व अनुसंधान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की ले जानकारी दिए ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया