

प्रदेश ५ : राजधानी प्रस्तावीत स्थानमा जग्गाको कित्ताकाट गर्न निषेध ।



असोज १६, कपिलवस्तु ।
प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ ।
दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव भरतमणि सुवेदीले जानकारी दिनुभयो । ती क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि जग्गा किनबेच र कित्ताकाट गर्न रोक्का गरेको सुवेदीले बताउनुभयो ।
यसअघि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी मुकाम अर्थात् राजधानी दाङको भालुवाङलाई केन्द्रमा राखेर बनाउने प्रस्ताव पेस गर्नुभएको थियोे । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ ।
शुक्रबार नै प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो ।



खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया