बुटवलमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

असोज १५, बुटवल ।
बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं। ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।
उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा। गौतमले बताए ।

प्रतिक्रिया

खबर सबै