

आईपीएल क्रिकेट : दिल्ली १५ रनले पराजित


असोज १४, काठमाण्डौ
इण्डियन प्रिमियर लिग ९आईपीएल० त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।यूएइमा चलिरहेको १३ औं संस्करणको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जितको सुरुवात गरेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । सनराइजर्स हैदराबादका लागि जोनी बेयस्टाले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै कप्तान डेभिड वार्नरले ४५, केन विलियम्सनले ४१, अब्दुल समादले नटआउट १२ र मनिस पाण्डेले ३ रन बनाए ।
छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया