कृष्णनगर प्रहरीबाट कुटिएको टुर एण्ड ट्राब्ल्सका संचालकको गुनासो

असोज १३ कपिलवस्तु
कपिलवस्तुको एक होटलमा सुतेका सगरमाथा टुर एण्ड ट्राब्ल्सका संचालकलाई आइतबार राति कृष्णनगर प्रहरीले कुटपिट गरेको छ । प्रहरीले सुतेकै बेला विस्तारामा पुगेर उनलाई कुटपिट गरेको हो । प्रहरीद्धारा कुटिएका टुर एण्ड ट्राब्ल्सका कोषाधक्ष रहेका तुल्सी थापाले आफुसंगै साथीहरु खाना खाएर होटलमा सुतिरहेको बेला एक्कासी ढोका खोल्न भनेर आफुहरुमाथि कुटपिट भएको गुनासो गर्नुभयो ।
राति ११ बजे ई साझा कुरा डट कम सहकर्मीलाई सम्पर्क गरी थापाले विना कारण आफुले प्रहरीको कुटाई खाएको गुनासो गर्नुभएको थियो ।
आफुहरु कपिलवस्तुको कृष्णनगर स्थित घिमिरे होटलमा सुतेको र होटल मालिक नभएको अवस्थामा ढोका खोल्न नसकिएको उहाँले बताउनुभयो । राति १० बजेपछि ढोका खोल भन्दा आफुहरुलाई डर लागेको र जवरजस्ती ढोका खोल भनेपछि खोलेको थापाले बताउनुभयो । ढोका खोल्दा वित्तिकै आफुलाई नेता ठान्छस भन्दै इन्स्पेक्टरले लात्तीले कुटेको उहाँको गुनासो छ ।
यता प्रहरी निरिक्षक प्रताप पौडेलले भने आफुहरुले कुटपिट नगरेको तर आफ्नो नियन्त्रणमा लिएर सोधपुछ गरिएको प्रतिक्रिया दिनुभएको छ । कोरोना महामारीको कारण दुवै नाका बन्द भएको बेला सीमा क्षेत्रमा तस्करी गर्ने गिरोह मौलाएको बेला सोही विषयमा छानविन गर्न उहाहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आफुहरुले समातेका व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया चालिएको उहाँले बताउनुभयो ।
सीमाका तस्करहरु नियन्त्रण गर्न नसक्ने प्रहरीले थापा संगै केही गाडी चालकहरु पनि कुटिएकाले नेपाली मजदुर भारत लगेको आरोपमा विस्तारामा सुतेका बेला जबरजस्ती लैजानु राम्रो नभएको पिडितहरुले बताएका छन् ।

प्रतिक्रिया

खबर सबै