

यो वर्षको पद्मश्री पुरस्कार रद्द



असोज १३,काठमाण्डौ
यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको छ । सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई पुरस्कार दिने निर्णय विवादास्पद भएपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको खेमलाल(हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ ।
अस्ति आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप रहेकाले उहाँसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताउनुभएको थियो ।
यस्तै गलत आरोप लगाएर विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले समेत पुरस्कार नलिने बताएपछि प्रतिष्ठानले यो वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।
पुरस्कारका लागि छनोट भएका दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि उनीहरुको इच्छालाई कदर गर्दै यस्तो निर्णयमा पुग्नु परेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष लामिछानेले प्रतिष्ठानको उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने नभएको तर उत्पन्न भएको असहजताको लागि दुःखी भएको बताउनुभएको छ ।
प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्षको उत्कृष्ट कृतिका लागि पद्मश्री साहित्य पुरस्कार र समग्र साहित्य क्षेत्रमा गरेको योगदानका आधारमा पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया