
जमिन भासिँएपछि शीतगंगाका ३०० घर जोखिममा

असोज १३ अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई वटा वडामा जमिन भासिँदा तीन सय घर जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्वर ११ को ढुंगेशेरा र वडा नं। १२ को कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेका जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको हो ।
‘जनप्रतिनिधि र सुरक्षा निकायले स्थलगत अध्ययन गरेपछि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले दुई वटा वडाका तीन सय घर पहिरोको जोखिममा परेका ठहर गरेको छ,’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘बैठकले जोखिममा परेका परिवारको सुरक्षित स्थानमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।’
शुक्रबार दिउँसो जमिन भासिएर पहिरो जाँदा वडा नं। १२ का जोख्ले गैरा, बतासे र पहरेपानीका २६ घर तथा वडा नंं। ११ को ढुंगेशेराका ५ घर गरी ३१ घर भत्किएका थिए । भिरालो पाखोको वस्तीमा जमिन भासिँदा वडा नम्वर १२ को कोठिया मैदानमा ४६ घर पहिरोको उच्च जोखिममा र झण्डै १ सय घर जोखिममा परेका वडा अध्यक्ष बाबुराम गैरेले बताए ।
यस्तै वडा नम्वर ११ को ढुंगेशेरा क्षेत्रमा जमिन भासिँदा ११ घर पहिरोको उच्च जोखिममा रहेका र झण्डै २ सय घर पहिरोको जोखिममा परेका वडा अध्यक्ष कपिल आलेले बताए ।
दुवै वडामा घर, गोठ भत्किएर अन्नपात, पशु चौपायासहित ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलन गर्ने काम अझै नसकिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समितिसमेत बनाइएको उनले बताए ।
घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न उपयुक्त ठाउँको खोजी गर्न नगर प्रमुख अधिकारीको संयोजकत्वमा अर्को समिति पनि गठन भएको छ । उक्त स्थानमा तीन–चार वर्षअघिदेखि जमिन धाँजा परेको थियो । स्थानीयले धाँजा पुर्दै खेती गर्दै आएका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया