

प्रदेश ५ : मन्त्रालयका विवादास्पद कागजात अख्तियारको नियन्त्रणमा



असोज १२ रुपन्देही ।
प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेशन सम्वन्धी विवादास्पद कागजात अख्तियारले नियन्त्रणमा लिएको छ।
काम सम्पन्न नगरी भुक्तानी दिएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सोमबार कागजात नियन्त्रणमा लिएको हो।
प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेसन निर्माणका लागि पिकासो ईन्फो डेभलपर्स सट्याक जेभीसँग ८० लाख रुपैयाँमा सम्झौता गरेको थियो।
देश कोरोना महामारीसँग जुधिरहेको अवस्थामा हतार हतार थ्रिडी एप्लिकेसन बनाउन सम्झौता गरिए पनि उक्त कम्पनीले काम नै सम्पन्न नगरी ७५ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ।
मन्त्रालयले काम नै नगरी रकम भुक्तानी गरेको समाचार सार्वजनिक भएपछि त्यससम्वन्धी कागजातहरु अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
‘प्रदेश ५ भित्रका प्रमुख पर्यटकीय स्थलहरु, धार्मिक तथा ऐतिहासिक क्षेत्र, होटल, यातायात लगायतका क्षेत्र समेट्ने गरी निर्माण गर्ने भनिएको थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेसन सम्बन्धी आवश्यक कागजात नियन्त्रणमा लिएका हौं’ भुसालले भने।
उक्त कम्पनीले थ्रिडी भर्चुअल एप्लिकेसन असार मसान्तभित्रै सम्पन्न गर्नुपर्ने भएपनि असार मसान्तमा बजेट फ्रिज हुन्छ भन्दै मन्त्रालयका तत्कालीन सचिव समेतको मिलोमतोमा काम सम्पन्न नै नगरी पिकासो डेभलपर्स सट्याक जेभीलाई ७५ लाख रुपैयाँ भुक्तानी दिइएको मन्त्रालयका एक कर्मचारीले बताए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया