

राप्रपाको राजनिती महाधिवेशन केन्द्रित



असोज १२, काठमाडौं ।
पार्टी एकतापश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन केन्द्रित भएको छ। पार्टीले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गने निर्णय गरिसकेको छ। राप्रपाको यसपटक महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यताको आधारमा छनौट हुनेछ।
महाधिवेशनमा गाउँपालिका, नगर, प्रदेश सभा‚ क्षेत्र, संघीय क्षेत्र र जिल्ला अध्यक्षहरू स्वतस् महाधिवेशन प्रतिनिधि हुनेछन्। प्रत्येक प्रदेश सभा क्षेत्रीय कार्यसमितिबाट ८ जना महाधिवेशन प्रतिनिधि छनौट गरिनेछ। प्रतिनिधिमा महिला, जनजाति, उत्पीडित, थारु र पिछडिएका वर्गको सहभागिता सुनिश्चित गरिएको छ।
महाधिवेशन प्रतिनिधि बन्नका निम्ति गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्यूनतम सक्रिय सदस्य संख्या निर्धारण गरिएको छ। तोकिएको सदस्य संख्याभन्दा दुई गुणा सक्रिय सदस्यता बनाएर थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्ने समेत नीति बनाइएको छ।
पार्टी अध्यक्षत्रयको उपस्थितिमा सोमबार महाधिवेशन केन्द्रित विशेष कार्ययोजना प्रस्तुत गरिएको छ। पार्टीको वैधानिक व्यवस्था, सांगठानिक अवस्था र सक्रिय सदस्यता अभियानबारे बोल्दै अध्यक्ष कमल थापाले कार्यतालिका र समयसीमालाई मध्यनजर गर्दै महाधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
कार्ययोजना प्रस्तुत गर्दै थापाले महाधिवेशनलाई संगठन निर्माणमा उपयोग गर्दै वैकल्पिक शक्तिको रुपमा पार्टीलाई स्थापित गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औंल्याए। पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले सत्तारूढ दलको अकर्मण्यता र प्रतिपक्षी दलको प्रभावहीन भूमिकाबाट जनतामा निराशा छाएकाले राप्रपा जनताको मन जितेर बलियो बन्नुपर्ने विचार व्यक्त गरे।
अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आवश्यक्ता भएकाले संगठन सुदृढीकरण अभियानलाई महत्त्वका साथ देशव्यापी बनाउनुपर्ने विचार व्यक्त गरे। आगामी महाधिवेशनमा प्रवासबाट समेत प्रतिनिधि सहभागी हुनेछन्।
करिब ५ हजार महाधिवेशन प्रतिनिधिको सहभागिता रहने केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। बर्तौलाका अनुसार सोमबारको कार्यक्रममा सचिवालय कार्यव्यवस्था समिति, विधान मस्यौदा सुझाव समिति र केन्द्रीय सचिवालयमा रहेका नेताहरुको सहभागिता रहेको थियो।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया