



गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सलाई दिने तयारी


असोज १२, काठमाडौं ।
सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध ९ग्राउन्ड ह्यान्डलिङ० सेवा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ।
विमानस्थल सञ्चालनको तयारी भएसँगै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई दिने प्रत्रिया सुरु भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रियाबाट पछि हटेको प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङका लागि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई सिधै दिने तयारी गरेको हो।
काठमाडौं विमानस्थलमा पनि व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाइरहेको नेपाल एयरलाइन्सलाई उड्डयन प्राधिकरणले बिना प्रतिस्पर्धा भैरहवामा पनि दिने गरी नेपाल एयरलाइन्स र मन्त्रालयसँग छलफल थालेको पोखरेलले जानकारी दिए।
तर, विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भनेर भन्न सकिने अवस्था छैन। अहिले भौतिक संरचना निर्माणका काम सकिएपनि उपकरण जडानको काम हुने सकेको छैन। उपकरण जडान कोरोना संक्रमण सुरु भएसँगै रोकिएको छ भने जडानका लागि आवश्यक प्राविधिक पनि आउन पाएका छैनन्। जसका कारण विमानस्थल सञ्चालन मिति तय गर्न सकिएको छैन।
अन्तिम पटक समय थपेर डिसेम्बर २०२०को डिसेम्बरसम्म निर्माणको काम सम्पन्न गर्ने गरी जिम्मा निर्माण कम्पनीले पाएको छ। तर, उक्त समयमा पनि विमानस्थलको निर्माणको काम सम्पन्न हुने अवस्था नरहेको प्राधिकरणको भनाइ छ।
सरकारले भने यसै आर्थिक वर्ष भित्र व्यवसायिक उडान सुरु गर्ने योजना अगाडि सारेको छ। विमानस्थल आयोजनाको भौतिक निर्माणको काम सम्पन्न हुनै लाग्दा प्राधिकरणले सञ्चालनका लागि आवश्यक अन्य तयारी गर्ने क्रममा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने सहमति गर्न लागेको हो।
भूमिस्थ प्रबन्धको काम नेपाल एयरलाइन्सलाई नै दिने गरी प्राधिकरण र नेपाल एयरलाइन्स बीच पहिलो चरणको सहमति भएको पोखेरलले जानकारी दिए।
विमानस्थल सञ्चालन प्राधिकरणले नै गर्ने भएपछि अहिलेसम्म नेपाल एयरलाइन्सलाई दिने निश्चित भएको उनको भनाइ छ।नेपाल एयरलाइन्सको राम्रो आम्दानीको रुपमा ग्राउन्ड ह्यान्डलिङ सेवा रहेका छ। काठमाडौं विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाबाट नेपाल एयरलाइन्सले वार्षिक ४ देखि ५ अर्बको आम्दानी गर्दै आएको छ।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया