
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सलाई दिने तयारी




असोज १२, काठमाडौं ।
सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध ९ग्राउन्ड ह्यान्डलिङ० सेवा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ।
विमानस्थल सञ्चालनको तयारी भएसँगै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई दिने प्रत्रिया सुरु भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रियाबाट पछि हटेको प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङका लागि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई सिधै दिने तयारी गरेको हो।
काठमाडौं विमानस्थलमा पनि व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाइरहेको नेपाल एयरलाइन्सलाई उड्डयन प्राधिकरणले बिना प्रतिस्पर्धा भैरहवामा पनि दिने गरी नेपाल एयरलाइन्स र मन्त्रालयसँग छलफल थालेको पोखरेलले जानकारी दिए।
तर, विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भनेर भन्न सकिने अवस्था छैन। अहिले भौतिक संरचना निर्माणका काम सकिएपनि उपकरण जडानको काम हुने सकेको छैन। उपकरण जडान कोरोना संक्रमण सुरु भएसँगै रोकिएको छ भने जडानका लागि आवश्यक प्राविधिक पनि आउन पाएका छैनन्। जसका कारण विमानस्थल सञ्चालन मिति तय गर्न सकिएको छैन।
अन्तिम पटक समय थपेर डिसेम्बर २०२०को डिसेम्बरसम्म निर्माणको काम सम्पन्न गर्ने गरी जिम्मा निर्माण कम्पनीले पाएको छ। तर, उक्त समयमा पनि विमानस्थलको निर्माणको काम सम्पन्न हुने अवस्था नरहेको प्राधिकरणको भनाइ छ।
सरकारले भने यसै आर्थिक वर्ष भित्र व्यवसायिक उडान सुरु गर्ने योजना अगाडि सारेको छ। विमानस्थल आयोजनाको भौतिक निर्माणको काम सम्पन्न हुनै लाग्दा प्राधिकरणले सञ्चालनका लागि आवश्यक अन्य तयारी गर्ने क्रममा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने सहमति गर्न लागेको हो।
भूमिस्थ प्रबन्धको काम नेपाल एयरलाइन्सलाई नै दिने गरी प्राधिकरण र नेपाल एयरलाइन्स बीच पहिलो चरणको सहमति भएको पोखेरलले जानकारी दिए।
विमानस्थल सञ्चालन प्राधिकरणले नै गर्ने भएपछि अहिलेसम्म नेपाल एयरलाइन्सलाई दिने निश्चित भएको उनको भनाइ छ।नेपाल एयरलाइन्सको राम्रो आम्दानीको रुपमा ग्राउन्ड ह्यान्डलिङ सेवा रहेका छ। काठमाडौं विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाबाट नेपाल एयरलाइन्सले वार्षिक ४ देखि ५ अर्बको आम्दानी गर्दै आएको छ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया