

डा. केसीको समर्थनमा कपिलवस्तुका युवाद्धारा अनशन सुरु ।



असोज १२, कपिलवस्तु ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीको समर्थनमा कपिलवस्तु रिले अनशन सुरु भएको छ। गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थाल्नुभएका डाक्टर केसीको जीवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसँगै रिले अनशन सुरु गरेका हुन्। ‘हामी डाक्टर केसीको साथमा छौँ’, ुम पनि डाक्टर केसी हो,ु लेखिएका पम्पलेटसहित धर्नामा उत्रिएका युवा वाणगंगा नगरपालिकाको जितपुर चोकमा अनसन बसेका छन्। माग पूरा नहुँदासम्म अनसन चल्ने उनीहरुले बताएका छन्। प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बस्ने नेपाल विद्यार्थी संघका क्षत्रीय सभापति चन्द्रकान्त पोखरेलले बताए। डा केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दै धर्नामा बसेका युवाले हरेक नागरिकको ज्यान रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउँदै राज्यले उहाँका माग तत्काल सम्बोधन गरेर अनशन तोडाउनुपर्ने माग गरे। डा केसीले उठाएका माग जायज भएकाले सबै जनताले समर्थन र साथ दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया