

डा. केसीको समर्थनमा कपिलवस्तुका युवाद्धारा अनशन सुरु ।

असोज १२, कपिलवस्तु ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीको समर्थनमा कपिलवस्तु रिले अनशन सुरु भएको छ। गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थाल्नुभएका डाक्टर केसीको जीवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसँगै रिले अनशन सुरु गरेका हुन्। ‘हामी डाक्टर केसीको साथमा छौँ’, ुम पनि डाक्टर केसी हो,ु लेखिएका पम्पलेटसहित धर्नामा उत्रिएका युवा वाणगंगा नगरपालिकाको जितपुर चोकमा अनसन बसेका छन्। माग पूरा नहुँदासम्म अनसन चल्ने उनीहरुले बताएका छन्। प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बस्ने नेपाल विद्यार्थी संघका क्षत्रीय सभापति चन्द्रकान्त पोखरेलले बताए। डा केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दै धर्नामा बसेका युवाले हरेक नागरिकको ज्यान रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउँदै राज्यले उहाँका माग तत्काल सम्बोधन गरेर अनशन तोडाउनुपर्ने माग गरे। डा केसीले उठाएका माग जायज भएकाले सबै जनताले समर्थन र साथ दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया