

रेफ्रीले खेलको अन्तिम सिटी फुकिसकेपछि पनि युनाइटेडले किन पेनाल्टी पायो ?




ई–साझाकुरा, असोज ११
म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ, तर निकै विवादित परिस्थितमा । ब्राइटनबिरुद्ध ३–२ को संघर्षपूर्ण जीत निकाल्ने क्रममा युनाइटेडले रेफ्रीले खेलको अन्तिम सिटी फुकिसकेपछि पनि पेनाल्टी पायो । जसलाई गोलमा परिणत गर्दै युनाइटेड विजयी बन्यो ।

आखिर खेल सकिएपछि पनि युनाइटेडले किन पेनाल्टी पायो त ? रेफ्री क्रिस काभानाले खेलको अन्तिम सिटी फुक्न अघि नै ह्यान्ड बलको घटना भएको कारण नियमअनुसार भिडियो एसिस्टेन्ट रेफ्रीले जाँच गर्ने अवसर पायो । फलस्वरुप युनाइटेडले निर्धारित समयको खेल सकिएपछि पनि पेनाल्टी पाएको हो ।
खेलको ९८ औँ मिनेटमा खेल सकिन केही क्षण अघि मात्र ह्यारी म्याग्वायरको हेडमार्फत गरेको प्रहार निल माउपेको हातमा लागेको थियो जसलाई सोली मार्चले लाइनबाट क्लियर गरेका थिए ।
नियमका अनुसार रेफ्रीले खेल सकिएको संकेत गरे पनि भीएआरको जाँचपछि खेल पुनः सुरु गर्न पाइन्छ । ईन्टरनेशनल फुटबल एशोसिएसन बोर्ड (आईएफएबी) का अनुसार खेलमा भएको घटनाको मूल्यांकन गर्न समयको पाबन्दी छैन ।
‘पुनः मूल्यांकनको प्रक्रियाको लागि समयको कुनै पाबन्दी छैन किनभने कति चाँडो गर्नेभन्दा पनि सही निर्णय गर्नु महत्त्वपूर्ण हो,’ आईएफएबीले भनेको छ । रेफ्रीले त्यसपछि आवश्यक निर्णय लिँदै कारवाही प्रक्रिया अघि बढाउन र खेललाई नियमअनुसार पुनः सुचारु पनि गर्न सक्नेछन् ।
ब्रुनो फर्नान्डेजले इन्जुरी समयको १० औँ मिनेटमा ब्राइटनबिरुद्ध पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई जीत दिलाए । पोर्चुगिज खेलाडी पछिल्ला १६ खेलमा युनाइटेडका १७ खेलमा संलग्न रहेका छन् । उनले यसक्रममा ९ गोल र ८ एसिस्ट गरेका छन् ।
रोमाञ्चक बनेको खेलमा माउपेले हाफ टाइमको ठीक अघि पेनाल्टीमार्फत ब्राइटनलाई अग्रता दिलाएका थिए । योसँगै डेभिड डि गेयाले पेनाल्टी रोक्न नसकेको लगातार १९ औँ पटक हो ।
तर, लेविस डंकले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । मार्कस रासफोर्डले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाए ।
तर, खेलको इन्जुरी समयको ९५ औँ मिनेटमा गोल गर्दै मार्चले खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि भएको ह्यान्डबलबाट पेनाल्टी पाउँदै युनाइटेडले तीन अंक बटुल्यो ।
खेलमा युनाइटेडमाथि ब्राइटन हाबी रहेको थियो । लियान्ड्रो ट्रोसार्डको प्रहार तीन पटक पोष्टमा लागेको थियो । योसँगै उनले सन् २००६ मा क्रिस्टियानो रोनाल्डोले बनाएको रेकर्ड बराबरी गरे ।
पहिलो खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको युनाइटेडले अब टोटनह्यामको सामना गर्नेछ ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया