

पाँच गोलको थ्रिलरमा रियल विजयी


ई–साझाकुरा, असोज ११
भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) निर्णायक बन्दा रियल म्याड्रिडले पाँच गोलको थ्रिलरमा रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो । फेडेरिको भालभर्डेले रियललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, पहिलो हाफको अन्त्यतिर अलिसा मान्डी र विलियम कालाभारोले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बेटिसलाई खेलमा अग्रता दिलाए ।

दोस्रो हाफमा एमर्सनको आत्मघाती गोलको मद्दतले रियल खेलमा फर्कियो । पछि लुका मोर्डिचमाथि प्रोफेसनल फल गरेपछि भीएआरले उनलाई रातो कार्ड देखाएको थियो । बेटिसका मार्क बार्टाले ह्यान्ड बल गरेपछि रियलले पुनः भीएआरको मद्दतले पेनाल्टी पायो । खेलको ८२ औँ मिनेटमा कप्तान सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
यो सिजन रियलको यो पहिलो जीत हो । पहिलो खेलमा रियल भालाडोलिडसँग रियल गोलरहित बराबरीमा रोकिएको थियो । शनिबार भएका अन्य खेलमा भ्यालेन्सिया र हुएस्का तथा गेटाफे र आलाभेसले बराबरी खेल्यो भने रियल सोसिडाडले इल्चेलाई ३–० ले हरायो ।
यता, बार्सिलोनाले आइतबार भिल्लेरियालको सामना गर्दै सिजनको शुरुवात गर्दैछ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया