

डाक्टर गौतम भन्छन् : भाडामा बस्नेहरु पनि घरकै सदस्य हुन्, पराइको व्यवहार नगरौँ



ई–साझाकुरा, असोज १०
रकारले बाहिरी जिल्लाबाट काठमाण्डौ उपत्यकामा आएका व्यक्तिलाई पीसीआर परीक्षणका लागि दबाब नदिन सरोकारवालाई आग्रह गरेको छ ।

आफ्नो कामका लागि उपत्यकामा आएकाहरुलाई घरबेटी, छिमेकी तथा समुदायका व्यक्तिले पीसीआर परीक्षणका लागि बाध्य बनाउने गरेको गुनासो आएको भन्दै सरकारले यस्तो नगर्न आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोठामा बस्ने मानिस पनि त्यो घरको सदस्य जस्तै हुने र उनीहरुले तिरेको पैसाबाट घरबेटीको गर्जो टर्ने गरेकोले अप्ठ्यारो अवस्थामा पराइको व्यवहार नगर्न आग्रह गर्नुभयो ।
उहाँले कोरोना भाइरस शरीरमा प्रवेश गरेको पाँच दिनपछि परीक्षण गर्दा मात्र नतिजा थाहा हुने भन्दै यात्रा गर्नासाथ गरिएको परीक्षणको अर्थ नहुने बताउनुभयो । उहाँले आफ्नो घर वा टोलछिमेकमा आउने व्यक्तिलाई दुई हप्तासम्म कोठामा छुट्टै बस्ने वातावरण दिएर लक्षण देखिएमा मात्र परीक्षण गर्न लगाउन आग्रह गर्नुभयो ।
अहिले पीसीआर परीक्षणका लागि रातभरि झरीमा रुझ्दै लाइन बस्नु परेको प्रति दु:ख व्यक्त गर्दै प्रवक्ता गौतमले यस्तो अवस्था आउन नदिन महामारीमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कसैलाई कोरोना सङ्क्रमणसँग मिल्दो लक्षण देखिएमा वडा कार्यालयलाई खबर गर्न आग्रह गर्दै वडा कार्यालयले परीक्षणलगायत आवश्यकता अनुसार आइसोलेशनको व्यवस्था गर्ने बताउनुभयो ।
प्रवक्ता गौतमले अहिले यात्रा गर्दा कोरोना सङ्क्रमणको जोखिम उच्च हुने भएकोले यो बेलामा सकेसम्म यात्रा नगर्न अनुरोध गर्नुभयो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया