

कपिलवस्तु नगरपालिकाका विद्यालयमा असोज ११ देखि पठनपाठन सुरु गरिने



ई-साझाकुरा, असोज ९
कपिलवस्तु नगरपालिकाले विद्यालयमा सिकाई केन्द्र मार्फत् पठनपान सुरु गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य प्रोटोलकको पालना गरी विद्यालयमा सिकाई केन्द्र सञ्चालन गरी पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो ।
यो निर्णयसँगै नगर क्षेत्रमा रहेका सरकारी तथा निजी विद्यालय गरी कुल ८३ विद्यालयमा लर्निङ सेन्टरको माध्यमबाट असोज ११ गतेबाट पठनपाठन सुरु हुने नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताए ।
कोभिड–१९ का कारण लामो सयमदेखि बन्द भएको विद्यालयमा प्रविधिको पहुँच अभावले भर्चुअल कक्षा सञ्चालन गर्न कठिनाई भएकाले निर्देशिका अनुसार विद्यालमया लर्निङ सेन्टरमार्फत् पढाई सुरु गरिने उनले बताए ।
‘बिद्यार्थी र बिद्यालयको अवस्था बिश्लेषण गर्दा हामीले बिद्यालमया लर्निङ सेन्टरको माध्यमबाट पढाई सुरु गर्ने निर्णय गरेका हौ’, उनले भने । स्व. सिकाई र स्व. अध्ययनमा जोड दिन बढीमा एक समूहमा २५ जना बिद्यार्थीहरु सेन्टरमा रहने बताइएको छ ।
भौतिक दूरी, स्वास्थ्य सुरक्षाको पालना गरी साप्ताहिक रुपमा समयतालिका प्रकाशन गरी सेन्टरमा पढाइने भएको छ । भर्ना अभिलेखीकरण, स्थातान्तरणका लागि असोज दोश्रो सातासम्मको समयावधि दिइएको नगरपालिका शिक्षा शाखाका प्रमुख युवराज भुसालले बताए ।
नगरपालिकामा पठनपाठन सञ्चालन गर्ने विषयमा सरकारी र निजी बिद्यालयका प्रअसंग छलफल समेत गरिएको थियो । नगरप्रमुख किरण सिंहले सराकारवाला सबैसंग आवश्यक छलफल, समन्वय गरी बिद्यालयमा लर्निङ सेन्टरको माध्यमबाट पढाई सुरु गर्न लागेको बताए ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया