

कपिलवस्तु नगरपालिकाका विद्यालयमा असोज ११ देखि पठनपाठन सुरु गरिने



ई-साझाकुरा, असोज ९
कपिलवस्तु नगरपालिकाले विद्यालयमा सिकाई केन्द्र मार्फत् पठनपान सुरु गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य प्रोटोलकको पालना गरी विद्यालयमा सिकाई केन्द्र सञ्चालन गरी पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो ।
यो निर्णयसँगै नगर क्षेत्रमा रहेका सरकारी तथा निजी विद्यालय गरी कुल ८३ विद्यालयमा लर्निङ सेन्टरको माध्यमबाट असोज ११ गतेबाट पठनपाठन सुरु हुने नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताए ।
कोभिड–१९ का कारण लामो सयमदेखि बन्द भएको विद्यालयमा प्रविधिको पहुँच अभावले भर्चुअल कक्षा सञ्चालन गर्न कठिनाई भएकाले निर्देशिका अनुसार विद्यालमया लर्निङ सेन्टरमार्फत् पढाई सुरु गरिने उनले बताए ।
‘बिद्यार्थी र बिद्यालयको अवस्था बिश्लेषण गर्दा हामीले बिद्यालमया लर्निङ सेन्टरको माध्यमबाट पढाई सुरु गर्ने निर्णय गरेका हौ’, उनले भने । स्व. सिकाई र स्व. अध्ययनमा जोड दिन बढीमा एक समूहमा २५ जना बिद्यार्थीहरु सेन्टरमा रहने बताइएको छ ।
भौतिक दूरी, स्वास्थ्य सुरक्षाको पालना गरी साप्ताहिक रुपमा समयतालिका प्रकाशन गरी सेन्टरमा पढाइने भएको छ । भर्ना अभिलेखीकरण, स्थातान्तरणका लागि असोज दोश्रो सातासम्मको समयावधि दिइएको नगरपालिका शिक्षा शाखाका प्रमुख युवराज भुसालले बताए ।
नगरपालिकामा पठनपाठन सञ्चालन गर्ने विषयमा सरकारी र निजी बिद्यालयका प्रअसंग छलफल समेत गरिएको थियो । नगरप्रमुख किरण सिंहले सराकारवाला सबैसंग आवश्यक छलफल, समन्वय गरी बिद्यालयमा लर्निङ सेन्टरको माध्यमबाट पढाई सुरु गर्न लागेको बताए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया