

टी आर पाण्डे द्वारा ४० परिवार लाई खाद्यान्न सामग्री वितरण



ई-साझाकुरा, असोज ९
कपिलवस्तु को वाणगंगा नगरपालिका वार्ड नं ८ मधुवन सुकुम्बासी बस्ती मा युवा समाजसेवी टी आर पाण्डे ले ४० परिवार लाई खाद्यान्न सामग्री ( चामल,दाल,नुन,तेल,बेसार) वितरण गरेका छन्।

कार्यक्रममा बोल्दै नेता टी आर पाण्डे ले केन्द्रीय सरकार र स्थानीय तह ले ध्यान नपुराएको ठाउँ हरु मा आफू हरु पुगेर सेवा दिने र अरु जो कोही पनि दुःख मा परेका लाई सहयोग गर्नको लागि पछि नहट्ने बताउनु भयो।
कोरोना महामारी का कारण चपेटामा परेका परिवार हरुलाई केही भएपनि सहयोग होस् भन्ने उद्देश्यले सो कार्यक्रम गरेको र लककदाउन को बेला पनि आफू हरु ले फुड बैंक अभियान चलाएर १००० परिवार हरु लाई राहत वितरण गरेको युवा समाजसेवी तथा कार्यक्रम संयोजक विशाल अधिकारी ले बताए।
कार्यक्रम मा सभापति को रूपमा वार्ड नं ८ का सह सभापति गिरिराज पौडेल थिए भने कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस का पूर्व जिल्ला सभापति राजेश आचर्य थिए।
त्यसै गरी विशिष्ठ अतिथि को रूपमा वाणगंगा नगरपालिका का नगर प्रमुख मंगल प्रसाद थारु , नेपाली कांग्रेस का पूर्व महाधिवेशन प्रतिनिधि दोलक राम घिमिरे, नेपाली कांग्रेस का क्षेत्रीय सचिव प्रेम नारायण पौडेल, नेपाली कांग्रेस मोतिपुर गा. वि.स का पूर्व सभापति दुर्गा केसी थिए।
त्यसै गरी कार्यक्रम मा वाणगंगा बहुमुखी क्याम्पस का शोबिउ सभापति माधव पौडेल , तरुण दल वाणगंगा नगरपालिका का कोषाध्यक्ष बेदु राम पोख्रेल, मधुवन टोल विकास समितिका सभापति शालिक राम भुसाल , सामाजिक अभियन्ता दुर्गा प्रसाद अर्याल, युवा व्यवसायी अमृत पोख्रेल, समाजसेवी दामोदर पोख्रेल , युवा समाज सेवी विवेक पौडेल , युवा व्यवसायी हिम्मत न्यौपाने को उपस्थिति रहेको थियो।
आफू मार मा परेको बेला सहायोग लिगेर आफ्नै घर दैलो मा पुगेको देखेर स्थानीय बासीले धन्यवाद दिँदै खुशी व्यक्त गरेका थिए भने कार्यक्रम विशाल अधिकारी को सञ्चालन मा सम्पन्न भएको थियो।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया