

ई–सेवा र वाणगंगा यातायात बिच अनलाईन भुक्तानिको लागि सम्झौता



ई–साझाकुरा नवराज बेल्वासे, असोज ६
नेपालको पहिलो अनलाईन भुक्तान प्रदायक कम्पनी ई–सेवा र वाणगंगा यातायात समिति बैरीया बिच अनलाईन कारोबारको लागि सम्झौता भएको छ । ई–सेवाको तर्फबाट कपिलवस्तु ई–सेवा सेन्टरका सञ्चालक खिम क्षेत्री र यातायात समितिको तर्फबाट महा–सचिव लक्ष्मण भुसाल तथा कार्यालय प्रमुख माधव प्रसाद न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

ई–साझाकुरा सगँ बोल्दै महासचिव भुसालले भन्नुभयो अहिलेको डिजिटलको शताव्दीमा पनि कार्यालय आउन पर्ने बाध्यता रहेको र जसले गर्दा सवारी धनि तथा चालकले आफ्नो अमुल्य समय खर्च गरेर आउनु पर्ने बाध्यता हटाउनका लागि पनि अबको कारोबार ई–सेवा मार्फत आवश्यक रहेको बताउनु भएको छ ।

यस्तै कार्यालय प्रमुख न्यौपानेले हाल विश्व महामारी रुपमा रहेको कोरोना भाईरसले कार्यालय बन्द रहेको तर पनि समान दुवानी गर्ने साधन चलेका छन् , कार्यालय बन्द रहेका कारण शुल्क बुझाउन समस्या परेको बताउनु भएको छ । उहाँले भन्नुभयो यदि अनलाईन भयो भने सवारी धनि वा चालक दुवैले समयमा मासिक रकम बुझाउन सक्ने जसका कारण दुवै पक्ष बलियो हुने र यदि केहि भई हाले पनि आफुहरु लाई सहयोग गर्ने सहज हुने बातावरण सिर्जना हुने भएकाले पनि ई–सेवा सगँको सम्झौता आवश्यक रहेको बताउनु भएको छ ।

अवबाट सावरी धनिहरुले मासिक रकम बुझाउन कार्यालय आउन नपर्ने सहज तरिकाले घरबाटै मासिक शुल्क भुक्तानि गर्ने सक्ने कुरामा समितिले जोड दिएको छ ।
यस अघि वाणगंगा नगरपालिकाले पनि ई–सेवाबाट कर भुक्तानिको लागि बैठकबाट निर्णय गरेको र यसको सम्झौता छिटो हुने ई–सेवाले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया