

ई–सेवा र वाणगंगा यातायात बिच अनलाईन भुक्तानिको लागि सम्झौता


ई–साझाकुरा नवराज बेल्वासे, असोज ६
नेपालको पहिलो अनलाईन भुक्तान प्रदायक कम्पनी ई–सेवा र वाणगंगा यातायात समिति बैरीया बिच अनलाईन कारोबारको लागि सम्झौता भएको छ । ई–सेवाको तर्फबाट कपिलवस्तु ई–सेवा सेन्टरका सञ्चालक खिम क्षेत्री र यातायात समितिको तर्फबाट महा–सचिव लक्ष्मण भुसाल तथा कार्यालय प्रमुख माधव प्रसाद न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

ई–साझाकुरा सगँ बोल्दै महासचिव भुसालले भन्नुभयो अहिलेको डिजिटलको शताव्दीमा पनि कार्यालय आउन पर्ने बाध्यता रहेको र जसले गर्दा सवारी धनि तथा चालकले आफ्नो अमुल्य समय खर्च गरेर आउनु पर्ने बाध्यता हटाउनका लागि पनि अबको कारोबार ई–सेवा मार्फत आवश्यक रहेको बताउनु भएको छ ।

यस्तै कार्यालय प्रमुख न्यौपानेले हाल विश्व महामारी रुपमा रहेको कोरोना भाईरसले कार्यालय बन्द रहेको तर पनि समान दुवानी गर्ने साधन चलेका छन् , कार्यालय बन्द रहेका कारण शुल्क बुझाउन समस्या परेको बताउनु भएको छ । उहाँले भन्नुभयो यदि अनलाईन भयो भने सवारी धनि वा चालक दुवैले समयमा मासिक रकम बुझाउन सक्ने जसका कारण दुवै पक्ष बलियो हुने र यदि केहि भई हाले पनि आफुहरु लाई सहयोग गर्ने सहज हुने बातावरण सिर्जना हुने भएकाले पनि ई–सेवा सगँको सम्झौता आवश्यक रहेको बताउनु भएको छ ।

अवबाट सावरी धनिहरुले मासिक रकम बुझाउन कार्यालय आउन नपर्ने सहज तरिकाले घरबाटै मासिक शुल्क भुक्तानि गर्ने सक्ने कुरामा समितिले जोड दिएको छ ।
यस अघि वाणगंगा नगरपालिकाले पनि ई–सेवाबाट कर भुक्तानिको लागि बैठकबाट निर्णय गरेको र यसको सम्झौता छिटो हुने ई–सेवाले जनाएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया