कपिलवस्तुमा बालिकालाई जबरजस्ती गर्ने पक्राउ
असोज ६ कपिलवस्तु
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक कशोरीलाई जबरजस्ती गर्ने आरोपीत ५ महिना पछी पक्राउ परेका छन ।
उनलियाकै २८ वर्षीय गोरखनाथ लोहारले बालिकालाई जबरजस्ती गरी फरार भएका थिए । लुकीछिपी बस्दै आएका लोहारलाई असोज १ गते पक्राउ गरीएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनु भयो ।
लामो समयको खोज तलास पश्चात लोहारलाई पक्राउ गर्न सफल भएको प्रहरी निरिक्षक खरेलले बताउनु भयो ।
महाराजगंजको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गत जेठ १२ गते राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्याई जबरजस्ती गरेको आरोप लगाइएको थियो ।
राति परिवारले बालिकालाई बेहोश आवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थिए ।
प्रतिक्रिया