

आईपीएल२०२० ः बैंगलोरको विजय सुरुवात



ई–साझाकुरा, असोज ६
आबुधाबी : आईपीएल २०२० सिजनको आआफ्नो पहिलो खेलमा ‘रोयल च्यालेन्जर्स बैंगलोरुले ‘सनराइजर्स हैदराबादुविरुद्ध शानदार जित हासिल गरेको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । यसका लागि देवदत्त पडिकलले सर्वाधिक ४२ बलमा ५६ रन बनाएका थिए । यस्तै एबिडीभिलियसले ३० रनमा ५१ रन बनाए ।

विराट कोहली भने १३ बलमा १४ रन बनाउँदै आउट भएका थिए । बैंगलोरको जितमा यजुवेन्द्र चहलले ४ ओभर खेल्दै १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए ।
१ सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हैदराबादले २ बल बाँकी छँदा नै सबै विकेट गुमाएको हो । यसका लागि क्याप्टेन डेबिड वार्नरले मात्र ६ बलमा ६ रन बनाउन सकेका थिए ।
हैदरबादका लागि जोनी बरिष्टले सर्वाधिक ४३ बलमा ६१ रन बनाए । त्यस्तै मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाएका थिए । प्रियम गर्गले १२ रन बनाए भने बाँकी अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बैंगलोरले बिहीबार किंग्स ११ पन्जावविरुद्ध खेल्नेछ भने हैदराबादले शनिबार कोलकत्ता नाइट राइडर्ससँग खेल्नेछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया