

आईपीएल२०२० ः बैंगलोरको विजय सुरुवात


ई–साझाकुरा, असोज ६
आबुधाबी : आईपीएल २०२० सिजनको आआफ्नो पहिलो खेलमा ‘रोयल च्यालेन्जर्स बैंगलोरुले ‘सनराइजर्स हैदराबादुविरुद्ध शानदार जित हासिल गरेको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । यसका लागि देवदत्त पडिकलले सर्वाधिक ४२ बलमा ५६ रन बनाएका थिए । यस्तै एबिडीभिलियसले ३० रनमा ५१ रन बनाए ।

विराट कोहली भने १३ बलमा १४ रन बनाउँदै आउट भएका थिए । बैंगलोरको जितमा यजुवेन्द्र चहलले ४ ओभर खेल्दै १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए ।
१ सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हैदराबादले २ बल बाँकी छँदा नै सबै विकेट गुमाएको हो । यसका लागि क्याप्टेन डेबिड वार्नरले मात्र ६ बलमा ६ रन बनाउन सकेका थिए ।
हैदरबादका लागि जोनी बरिष्टले सर्वाधिक ४३ बलमा ६१ रन बनाए । त्यस्तै मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाएका थिए । प्रियम गर्गले १२ रन बनाए भने बाँकी अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बैंगलोरले बिहीबार किंग्स ११ पन्जावविरुद्ध खेल्नेछ भने हैदराबादले शनिबार कोलकत्ता नाइट राइडर्ससँग खेल्नेछ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया