

फुड बैंक कपिलवस्तु को टीमको अर्को उत्कृष्ट काम सरसफाई अभियान



नवराज बेल्वासे, असोज ४
कोरोना कहरका बिचमा केही दिन अघि मात्र जिल्लाभर नै अभियानको रूप मा सम्पन्न फुड बैंक सञ्चालन गरी करिब ८०० विपन्न परिवार लाई खाद्यान्न सामग्री वितरण गरेको टीम ले आहिले वाणगंगा नगर सरसफाइ अभियान सुरु गरेको छ।

असोज ३ गते संविधान दिवस को अवसर पारेर हप्ता को हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, हप्तामा २ घण्टा राष्ट्रको लागि भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै फुड बैंक को टीम अहिले सरसफाइ अभियान मा लागिपरेको छ। यद्यपि यो औपचारिक नभए पनि यसलाई एउटा सुरुवात को रूप मा लिन सकिने र अर्को शनिबार असोज १० गते बाट यसलाई औपचारिक रूपमा सुरु गरेर हप्ता को प्रत्येक शनिबार बिहान ७ देखि ९ बजे सम्म सञ्चालन हुने गरी अभियान लाई लैजाने र जहाँ नगरपालिका र स्थानीय निकाय पुगेको छैन त्यहाँ हामी पुग्छौ भन्ने कुरा युवाहरु बताउँछन्।

शनिबार सम्पन्न कार्यक्रम मा विवेक पौडेल, विशाल अधिकारी ,सुनिता बेल्वासे,मधुसुधन भुसाल, सरोज घिमिरे , निरज भुसाल , सागर बन्जाडे, प्रबिण गौतम, शृजना, माधव अर्याल , पवित्रा भुसाल , भीम पौडेल को सहभागिता रहेको थियो।।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया