आफन्तबाटै अपराध, चिनेजानेकाहरु कै संलग्नता

असोज ४,रोल्पा ।
रोल्पामा हुने फौजदारी अपराधका अधिकांश घटनामा आफन्त, छिमेकी र चिनेजानेकाहरु संलग्नता हुने गरेको पाइएको छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीजस्ता घटनामा निकट र भरपर्दा भनिएका व्यक्ति नै संलग्न हुने गरेको देखिएको हो।
अघिल्लो आर्थिक वर्षमा रोल्पामा भएका कर्तव्य ज्यानका ६ घटना मध्ये ५ वटा घटना आफन्त, छिमेकी र चिनेजानेका व्यक्तिबाट भएको देखिएको हो। घटना अनुसार छोराले बुबा, भाइले दिदी र ज्वाइँले सासुको हत्याका १र१ वटा घटना भएका थिए।
यसैगरी, छिमेकीबाट २ वटा हत्या भएकोमा स्रोत नखुलेको हत्या एउटा रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
यसैगरी अघिल्लो आर्थिक वर्ष जिल्लामा भएका १४ वटा जबर्जस्ती करणीका घटनामध्ये सबै आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पामा दर्ता भएका १४ वटा जबर्जस्ती करणीका उजुरीमध्ये ९ वटामा छिमेकी संलग्न भएको देखिएको छ। यसैगरि दाजुले बहिनीलाई, फुपाजुले भदैलाई, काकाले भतिजीलाई र छोराले आमालाई करणी गरेका १÷१ वटा उजुरी दर्ता भएका थिए। एउटा घटनामा अलि टाढाको तर परिचित व्यक्ति संलग्न भएको देखिएको छ।
अधिकांश घटनामा नातागोता,छिमेकी र परिचित व्यक्ति संलग्न हुने भएकाले पक्राउ गर्न पनि सहज हुने गरेको प्रहरीको भनाइ छ। ‘चिनेजानेका व्यक्तिबाट वारदात हुँदा पीडितलाई किटानी जाहेरी दिन र प्रहरीलाई पक्राउ गर्न सहज भएको छ,’जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता शंकर खड्काले भने।

यस्तो घटनामा संलग्न भएको उजुरी पर्नासाथ प्रहरीले अभियुक्त पक्राउ गर्न सफल भएको खड्काले बताए।जिल्लामा कर्तव्य ज्यान र जबर्जस्ती करणीका घटना बर्सेनी बढ्न थालेका छन्। आर्थिक वर्ष २०७२र०७३ मा कर्तव्य ज्यानका ५ वटा घटना भएकामा आर्थिक वर्ष २०७३र०७४ मा यो संख्या ह्वात्तै बढेर ११ पुगेको थियो।
आर्थिक वर्ष २०७४र०७५ मा यो संख्या ४ र ०७५र०७६ मा ५ थियो। अघिल्लो आर्थिक वर्षमा यो संख्या ६ रहेको थियो ।
यसैगरी आर्थिक वर्ष ०७२र०७३ मा २ वटा जबर्जस्ती करणी र एउटा जबर्जस्ती करणीको उद्योगको घटना भएको थियो। आर्थिक वर्ष ०७३र०७४ मा ८ वटा जबर्जस्ती करणी र ३ वटा जबर्जसती करणी उद्योगका घटना भएका थिए।

यसैगरी, आर्थिक वर्ष ०७४र०७५ मा ५ वटा जबर्जस्ती करणी र ३ वटा जबर्जस्ती करणीको उद्योगका घटना भएका थिए। आर्थिक वर्ष ०७५र०७६ मा जबर्जस्ती करणीका ८ र जबर्जस्ती करणी उद्योगको १ घटना भएका थिए ।
अघिल्लो आर्थिक वर्षमा यसको मात्रा ह्वात्तै बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा १४ वटा जबर्जस्ती करणी र १ वटा उद्योगको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण अघिल्लो वर्ष महिला हिंसाका अधिकांश घटना बढ्ने क्रममा जबर्जस्ती करणीका घटनासमेत बढेको देखिन्छ।
‘लकडाउनले सामाजिक सचेतिकरणका कार्यक्रम गर्न नपाउँदा पनि अघिल्लो वर्ष महिला हिंसाका घटना अलिक बढी देखियो,’ जिल्ला प्रहरी प्रवक्ता शंकर खड्काले भने। समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिरहेको प्रहरीले महिला हिंसा न्यूनीकरणलाई प्राथमिकता दिएको उनले बताए।

‘आफन्त छिमेकी र चिनेजानेकाबाटै महिलाहरु सुरक्षित नहुने अवस्थाले हाम्रो सामाजिक संवन्ध कता जाँदैछ भन्ने कुराको संकेत हो,’ महिला मानवअधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन्। ्

‘परिवार, आफन्त, छिमेकी र चिनेजानेकाबाट असुरक्षित हुने महिला कहाँ गएर सुरक्षित हुनेरु’ आचार्यले प्रश्न गरिन्। (समाचार नेपाल लाईभ बाट)

प्रतिक्रिया