

संविधानले दिएको अधिकार पनि ऐनमार्फत खोसियोः उपेन्द्र यादव



असोज ४ काठमाडौं ।
जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रत्याभूत गरेका अधिकार पनि ऐन बनाउँदा खोसिएको बताएका छन् ।‘पहिलो कुरा त यो संविधानले हामीलाई अधिकारै दिएको छैन’ शनिबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै यादवले भने, ‘संविधानले दिएको अलिअलि अधिकार पनि ऐन बनाएर खोसिएको छ ।’ संघीय कानून व्यावसायी एसोसियसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले धमाधम संविधान विपरीतका ऐनहरू बनेको बताए ।
विज्ञ सम्मिलित संविधान पुनरावलोकन आयोग बनाउनु पर्ने उनको माग छ । यादवले भने, ‘विज्ञ राखेर आयोग बनाऔं जसले नेपाललेका धरातलीय यथार्थ बुझेर संविधान संशोधनका लागि सुझाव दिन सकोस् ।’
कानून मन्त्रीको हैसियतले आफूले आयोग गठनको माग गर्दा ओली सरकारमा दश म्याग्नीच्युडको भूकम्प गएको उनको भनाई छ ।
भर्चुअल कार्यक्रममा बोल्दै जसपाका वरिष्ठ नेता अशोकुमार राईले मधेशमा नरसंहार मच्याएर, पहाडमा जनजातिको आन्दोलन दमन गरेर बनेको संविधान संशोधन हुनुपर्ने बताए । राईले भने, ‘यो संविधानले जनप्रतिनिधिले होइन हली गोठालाले बनाएका हुन ।’
जसपाका अर्का वरिष्ठ नेता राजेन्द्र महतोले २०७२ साल असोज ३ मा संविधानसभाबाट जारी संविधान अपुरो र अधुरो रहेको बताए । संविधान अधुरो भएकाले संविधान दिवस सम्पूर्ण नेपालीको दिवस हुन नसकेको उनको भनाइ छ ।
जसपाले संविधान पुनरावलोकनको माग गर्दै देशका विभिन्न भागमा विरोध कार्यक्रम समेत आयोजना गरेको थियो ।(समाचार अनलाईन खबरबाट ।)


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया