
संविधानले दिएको अधिकार पनि ऐनमार्फत खोसियोः उपेन्द्र यादव




असोज ४ काठमाडौं ।
जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रत्याभूत गरेका अधिकार पनि ऐन बनाउँदा खोसिएको बताएका छन् ।‘पहिलो कुरा त यो संविधानले हामीलाई अधिकारै दिएको छैन’ शनिबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै यादवले भने, ‘संविधानले दिएको अलिअलि अधिकार पनि ऐन बनाएर खोसिएको छ ।’ संघीय कानून व्यावसायी एसोसियसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले धमाधम संविधान विपरीतका ऐनहरू बनेको बताए ।
विज्ञ सम्मिलित संविधान पुनरावलोकन आयोग बनाउनु पर्ने उनको माग छ । यादवले भने, ‘विज्ञ राखेर आयोग बनाऔं जसले नेपाललेका धरातलीय यथार्थ बुझेर संविधान संशोधनका लागि सुझाव दिन सकोस् ।’
कानून मन्त्रीको हैसियतले आफूले आयोग गठनको माग गर्दा ओली सरकारमा दश म्याग्नीच्युडको भूकम्प गएको उनको भनाई छ ।
भर्चुअल कार्यक्रममा बोल्दै जसपाका वरिष्ठ नेता अशोकुमार राईले मधेशमा नरसंहार मच्याएर, पहाडमा जनजातिको आन्दोलन दमन गरेर बनेको संविधान संशोधन हुनुपर्ने बताए । राईले भने, ‘यो संविधानले जनप्रतिनिधिले होइन हली गोठालाले बनाएका हुन ।’
जसपाका अर्का वरिष्ठ नेता राजेन्द्र महतोले २०७२ साल असोज ३ मा संविधानसभाबाट जारी संविधान अपुरो र अधुरो रहेको बताए । संविधान अधुरो भएकाले संविधान दिवस सम्पूर्ण नेपालीको दिवस हुन नसकेको उनको भनाइ छ ।
जसपाले संविधान पुनरावलोकनको माग गर्दै देशका विभिन्न भागमा विरोध कार्यक्रम समेत आयोजना गरेको थियो ।(समाचार अनलाईन खबरबाट ।)


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया