

इङ्ग्लिस प्रिमियर लिग : लिड्स युनाइटेडको पहिलो जित



असोज ४, काठमाण्डौ
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ ।
लिड्सले फुलह्यामलाई ४(३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हो । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
एलेक्जेन्डर मिट्रोभीले पेनाल्टीमा गोल गर्दै ३४ औं मिनेटमा फुलह्यामलाई बराबरीमा ल्याएका थिए । मेटस किट्ल्जीले पेनाल्टीमा गोल गर्दा लिड्सले २(१ को अग्रता लिन सफल भयो । पहिलो हाफमा २(१ को अग्रता बनाएको लिड्सले दोस्रो हाफमा २ गोल खाँदा २ गोल थप्दै जित पक्का गरेको थियो ।
पेट्रिक बामफोर्डले ५१ औं मिनेटमा गोल गरेपछि लिड्स ३(१ ले अघि बढेको थियो । हेल्डर कोस्टाले ५७ औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । यस्तै फुलह्यामका लागि बोबीले ६२ औं मिनेटमा गोल गर्दै अग्रता ४(२ मा ल्याएका थिए । ६७ औं मिनेटमा मिट्रोभीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४(३ मा ल्याए पनि हार भने टार्न सकेनन् ।समाचार उज्यालो अनलाईनबाट


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया