

बाँकेको पहिलो कोरोना विशेष अस्पताल बन्द


असोज ३,बाँके
अन्तिम पटक २२ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएको छ।
क्यान्सर रोगका बिरामीको उपचारमा समस्या देखिएपछि कोरोना विशेष आइसोलेसन अस्पताल बन्द गरिएको अस्पतालका निर्देशक डा। कृष्णप्रसाद आचार्यले बताए। प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई गत वैशाखदेखि कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो। उक्त कोरोना अस्पतालमा दुई बेड भ्यान्टिलेटर, ६ बेड आइसियुसहित ५० बेड ब्यवस्था गरिएको थियो। क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आइसोलेसन अस्पताललाई बन्द भएसँगै त्यहाँबाट पाउने सेवा नेपालगन्जस्थित भेरी अस्पतालले दिन थालेको छ।
कोरोना संक्रमणका बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले बताए। उनले क्यान्सर रोग भएका विरामीलाई कोरोना संक्रमात्र भएमा क्यान्सर अस्पतालमा राखेर उपचार गरिने बताए। १९ वैशाखमा बाँकेका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषलाई आइसोलेसनमा राखेर पहिलो सेवा दिइएको थियो। उक्त आइसोलेसनले ३ असोजसम्म एक सय ९७ जना कोरोना संक्रमितलाई सेवा दिएको प्रखर क्यान्सर अस्पतालका डा। प्रबिण गुप्ताले जानकारी दिए। उनले ३ असोजमा कोरोना जितेर २२ जना संक्रमित घर फर्किएको बताए। ‘क्यान्सरका विरामीको उपचार गर्नेगरी कोरोना बिशेष अस्पताल बन्द गरिएको छ,’ डा। गुप्ताले भने।
प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा संचालनमा रहेको उक्त कोरोना बिशेष अस्पतालको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादु थापाको संयोजकत्वमा विज्ञ तथा प्राबिधिक टिम, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको संयोजकत्वमा आवास, भोजन तथा यातायात उप–समिति गठन भई संचालनमा ल्याइएको थियो।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया