

१२० देशमा हुने छ आइपिएलको लाइभ टेलिकास्ट

भदौ ३०, विश्वको सर्वाधिक लोकप्रिय घरेलु क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग९आईपिएल० को १३ औं सिजन दुबईमा हुँदै छ। यो छोटो सँस्करणको प्रतियोगिता भारतमा कोरोना भाइरसको महामारीका कारण यस पटक दुबईमा गरिने भएको हो। प्रतियोगिताको लाइभ टेलिकास्ट पाकिस्तानबाहेक १२० देशमा हुने जनाइएको छ। स्टार इन्डियाले यो पटक प्रसारण अधिकार प्राप्त गरेको छ। भारतमा हिन्दी र अंग्रेजी भाषामा प्रसारण हुने छ। त्यस्तै तमिल, तेलेगु, कन्नड, बंगाली, मलयाम र मराठीमा पनि कमेन्ट्री हुने जनाइएको छ। २० हजार टेस्ट हुने १९ सेप्टेम्बरबाट सुरु हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स बिच पहिलो खेल हुने छ। प्रतियोगिता अघि बायो(सिक्योरका आधारमा मुम्बईका कप्तान रोहित शर्मासहित सबै खेलाडीको कोरोना टेस्टका लागि स्याम्पल लिइएको छ। खेलाडी तथा सपोर्ट स्टाफमा कोरोना टेस्ट हरेक पाँच दिनमा एकपटक गरिने छ। प्रतियोगिताका क्रममा २० हजार टेस्ट हुने जनाइएको छ। कोरोना टेस्टका लागि मात्रै बिसिसिआईले १० करोड भारतीय रुपैयाँ छुट्याएको छ। बुधबारसम्म ३५ सय टेस्ट भइसकेको जनाइएको छ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया