



१२० देशमा हुने छ आइपिएलको लाइभ टेलिकास्ट


भदौ ३०, विश्वको सर्वाधिक लोकप्रिय घरेलु क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग९आईपिएल० को १३ औं सिजन दुबईमा हुँदै छ। यो छोटो सँस्करणको प्रतियोगिता भारतमा कोरोना भाइरसको महामारीका कारण यस पटक दुबईमा गरिने भएको हो। प्रतियोगिताको लाइभ टेलिकास्ट पाकिस्तानबाहेक १२० देशमा हुने जनाइएको छ। स्टार इन्डियाले यो पटक प्रसारण अधिकार प्राप्त गरेको छ। भारतमा हिन्दी र अंग्रेजी भाषामा प्रसारण हुने छ। त्यस्तै तमिल, तेलेगु, कन्नड, बंगाली, मलयाम र मराठीमा पनि कमेन्ट्री हुने जनाइएको छ। २० हजार टेस्ट हुने १९ सेप्टेम्बरबाट सुरु हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स बिच पहिलो खेल हुने छ। प्रतियोगिता अघि बायो(सिक्योरका आधारमा मुम्बईका कप्तान रोहित शर्मासहित सबै खेलाडीको कोरोना टेस्टका लागि स्याम्पल लिइएको छ। खेलाडी तथा सपोर्ट स्टाफमा कोरोना टेस्ट हरेक पाँच दिनमा एकपटक गरिने छ। प्रतियोगिताका क्रममा २० हजार टेस्ट हुने जनाइएको छ। कोरोना टेस्टका लागि मात्रै बिसिसिआईले १० करोड भारतीय रुपैयाँ छुट्याएको छ। बुधबारसम्म ३५ सय टेस्ट भइसकेको जनाइएको छ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया