
कोरोनाका कारण कपिलवस्तुमा एकैदिन दुईको मृत्यु ।। मृतकको संख्या ९ पुग्यो

भदौ २९ कपिलवस्तु ।
कोरोना भाइरसको संक्रमणको कारण कपिलवस्तुका दुई जनाको एकैदिन मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय कपिलवस्तुले जनाएको छ । मृतक दुबैजना शिवराज नगरपालिका ५ का रहेको बताइएको छ ।
भीम अस्पतालमा उपचाररत व्यक्ति ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचाररत शिवराज ५ कै ४७ वर्षीया महिला हुन्।
भीम अस्पतालमा उपचार गराइरहेका पुरुषमा दमको समस्या थियो । उनको राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै शिवराजकै ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना श्रोत व्यक्ति डा सुदर्शन थापाले जानकारी दिए।
मृतक महिला मृगौलाको डायालाइसिस् गराउँदै आएकी थिइन्। उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना विशेष अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यससंगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया