

कोरोनाका कारण कपिलवस्तुमा एकैदिन दुईको मृत्यु ।। मृतकको संख्या ९ पुग्यो



भदौ २९ कपिलवस्तु ।
कोरोना भाइरसको संक्रमणको कारण कपिलवस्तुका दुई जनाको एकैदिन मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय कपिलवस्तुले जनाएको छ । मृतक दुबैजना शिवराज नगरपालिका ५ का रहेको बताइएको छ ।
भीम अस्पतालमा उपचाररत व्यक्ति ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचाररत शिवराज ५ कै ४७ वर्षीया महिला हुन्।
भीम अस्पतालमा उपचार गराइरहेका पुरुषमा दमको समस्या थियो । उनको राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै शिवराजकै ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना श्रोत व्यक्ति डा सुदर्शन थापाले जानकारी दिए।
मृतक महिला मृगौलाको डायालाइसिस् गराउँदै आएकी थिइन्। उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना विशेष अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यससंगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया