

सिन्धुपाल्चोकमा पहिरो जाँदा एकको मृत्यु २३ जना बेपत्ता



भदौ २८, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा गएराति पहिरो खस्दा एक जनाको ज्यान गएको छ ।
२३ जना बेपत्ता भएका नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार दुई जनाको उद्धार गरिएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएका छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ जानुभएको छ । उहाँ स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे जानुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । ujyaaloonline


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया