

टिप्परको ठक्करबाट कपिलबस्तुका प्रहरी जवान श्रेष्ठको मृत्यु


सागर पौडेल,
भदै २७ कपिलवस्तु
रुपन्देहीको देवदहमा टिप्परले स्कुटीलाई ठक्कर दिदाँ कपिलबस्तुका प्रहरी जवान अमित कुमार श्रेष्ठको मृत्यु भएको छ । त्यस्तै एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
पुर्व –पश्चिम राजमार्ग अन्र्तगत देवदह वडा न।१० चरङ्केमा आज दिउँसो ३ः३५बजे सो दुर्घटना भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोविन्द रेग्मीले जानकारी दिनुभयो ।
बुटवलबाट पुर्व तर्फ गइरहेको लु २ ख ८९९ नम्बरको टिप्परले विपरित दिशाबाट आइरहेको ध १ प ९७९५ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालक कपिलबस्तु वडा न।४ बस्ने अन्दाजी ३३ वर्षिय अमित कुमार श्रेष्ठ र सैनामैना वडा ९ बस्ने अन्दाजी २३ वर्षिय सन्तोषि थारु गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइए पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भैरहवा मेडिकल कलेज रिफर गरेको थियो सो उपाचारको क्रममा प्रहरी जवान अमित कुमार श्रेष्ठको मृत्यु भएको अस्पतालले जनाएको छ भने अर्का थप एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ठक्कर दिने टिप्परको चालक भने फरार रहेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया