

बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने


भदौ २६, ाठमाण्डौ ।
संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले कोरोना भाइरसको महामारीका कारण बाल मृत्युदरको अवस्था पुरानै भयावह अवस्थामा फर्कन सक्ने चेतावनी दिएको छ ।
बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परको युनिसेफले जनाएको छ । सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ लाख बालबालिकाको ज्यान गएकोमा कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू बन्द हुन पुगेकाले थप लाखौँ बालबालिकाको जीवन जोखिममा परेको युनिसेफको भनाइ छ ।
बालबालिका उपचारबाट बञ्चित हुने तथा कोरोना सङ्क्रमणको सिकार भइन्छ कि भन्ने डरले महिलाहरू सुत्केरी हुन अस्पताल जान डराउँदा समस्या झनै बढेको छ ।
नेपालमा लकडाउनअघिको तुलनामा गर्भवती परीक्षणमा ६० प्रतिशतले र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा ३५ प्रतिशतले कमी आएको युनिसेफले जनाएको छ । यसले गर्दा नेपालमा बाल तथा मातृ मृत्युदरमा उल्लेख्य वृद्धि हुन सक्ने चिन्ता थपिएको छ ।
युनिसेफले यसै वर्ष गरेको सर्वेक्षणका अनुसार नवजात शिशुको लागि अत्यावश्यक सेवा, गर्भवती परीक्षण, स्त्रीरोग तथा सुत्केरीपछिको स्वास्थ्यहरूमा लगभग ७५ प्रतिशतले कमी आएको छ ।
गएको मे महिनामा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले गरेको प्रारम्भिक प्रक्षेपणले कोरोनाका कारण अस्पतालको सेवा बन्द हुँदा दैनिक ६ हजार बालबालिकाको ज्यान गइरहेको देखाएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया