

सन्धिखर्कमा गाइभैसीलाई सुत्केरी भत्ता


भदौ २३ अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाले गाई भैसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ ।
सन्धिखर्क नगरपालिका भित्रका कृषकको घरमा सुत्केरी हुने गाइ वा भैसीलाई रु २ हजारका दरले सुत्केरी भत्ता दिइने सन्धिखर्क नगरपालिकाकी शाखा अधिकृत मन्जु खनालले जानकारी दिनुभयो ।
सुत्केरी भत्ताको लागि गाई वा भैसी व्याएको २ महिनाभित्र दावी गरिसक्नुपर्ने नगरपालीकाले जनाएको छ । दुई महिना पछि आउने कृषकलाई यो सेवा दिन नसकिने नगरपालिकाले प्रष्ट पारेको छ ।
पशुपालनप्रति किसानहरुको आकर्षण बढाउन गाइभैसी सुत्केरी भत्ता कार्यक्रमको सुभारम्भ गरिएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले जानकारी दिनुभयो ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया