

कपिलवस्तु : स्वरुप परिवर्तन, निषेधाज्ञा भने कायमै


भदै २२ कपिलवस्तु ।
कपिलवस्तुमा लकडाउन तथा निषेधाज्ञाको स्वरुप परिवर्तन भएको छ । कोरोना रोकथामका लागि आज सम्मका लागि जारी गरिएको निषेधाज्ञा मध्येरातीबाट सकिन लागे सँगै आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले लकडाउन केही खुकुलो हुने गरी निषेधाज्ञाको समय बढाएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा केही खुकुलो बनाएको जनाएता पनि भदौ ३१ गते राति १२ बजे सम्मका लागि भने निषेधाज्ञा कायमै रहने जनाएको छ ।
अब यो बिचमा कपिलवस्तुमा दैनिक बिहान ८ बजे देखि दिउसो १ बजे सम्म बजार तथा पसल व्यवसायहरु सँचलन हुन पाउने भएका छन् । यद्यपी शिक्षण संस्थाहरु, टिउसन सेन्टरहरु तथा प्रशिक्षण केन्द्रहरु बन्द रहने छन् ।
आज बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको बैठकले होटल चिायापसल तथा खाजाघर बाहेकका अन्य सबै पसलहरु खोल्ने निर्णय गरेको हो । यसअघि जिल्लाका सबै पसल तथा बजारहरु बन्द रहेपनि भोलि बाट बिहान ८ बजेदेखी दिउसो १ बजे सम्म सम्पूर्ण बजारहरु खुल्ला रहने छन् । निजी सवारी साधनजोर बिजोरमा चल्ने छन भने सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द रहने छन् । निषेधाज्ञाको उल्लंघन गरे कानुन बमोजिम कार्वाही गरिने जिल्ला प्रसाशन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया